jivenko kehi bher chain pelbhermaa bitijaanech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 424 times.
Song added on : 6/20/2024
जीवनको केही भर छैन पलभरमा बितिजान्छ
को. जीवनको केही भर छैन पलभरमा बितिजान्छ
अनिश्चित यात्रा के हुने कसो हुने थाहा छैन (२)
१. हरेकको भरोसा केही छैन भोलिको सपना देख्नु के ? (२)
आजलाई साथ पाउन नसके भोलिलाई आशा गर्नु के ? (२)
मानिसको केही भर छैन क्षण भरमा पग्लिदिन्छ
भएमा आफ्नो नभए बिरानो मीठो बोल्दै धोका दिन्छ ।
२. देखाउँछन् आशा मान्छे यहाँ अनि मूर्तिझैँ बनेर बाँचिदिन्छन् (२)
सिसाझैँ हृदयलाई तोडिदिएर जिउँदो लासझैँ बनाइदिन्छन्
खोलाझैँ जीवन बगिरहेछ महासागरमा पुग्नलाई
धुँवाझैँ जीवन उड़िरहेछ नील गगनमा हराउनलाई ।